कोराेनाका ७३ नयाँ संक्रमित थपिए, ६४ जना निको, तीनको मृत्यु

  फागुन १७, २०७७

काठमाडौं, फागुन १७ : विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७३ जना नयाँ संक्रमित थपिएका छन् भने ६४ जनामा सक्रमित निको भएका छन् । सो अवधिमा तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गरेकाे अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २१६ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ४७१ जना निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् । हाल ९६८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल ९६८ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया