म्यान्चेष्टर सिटीको लगातार २० औं जित

  फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : म्यान्चेष्टर सिटीले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । जारी सिजनमा उसले लगातार २० औं जित हात पारेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा म्यान्चेष्टर सिटीले वेष्टहम यूनाइटेडमाथि २–१ को जित हात पार्यो । म्यान्चेष्टरको जितमा रुबेन डायसल र जोन स्टोन्सले सामान एक एक गोल गर्नुभयो । वेष्टहम यूनाइटेडका लागि मिखाइल एन्टोनियोले गोल फर्काए पनि म्यान्चेष्टर सिटीलाई रोक्न पर्याप्त भएन ।

पहिलो हाफको ३० औं मिनेटमा सिटीले रुबेन डायसको गोलबाट १–० को अग्रता लियो । प्रिमियर लिग तालिकाको चौथो स्थानमा रहेको वेष्टहम यूनाइटेडले मिखाइल एन्टोनियोको गोलबाट पहिलो हाफमै बराबरी गर्दै सिटीमाथि दबाब बनाउन सफल भयो । तर ६८ औं मिनेटमा जोन स्टोन्सले गर्नुभएको गोल म्यान्चेष्टर सिटीलाई वेष्टहममाथि जित दिलाउन पर्याप्त भयो ।

जितसँगै सिटी अङ्कतालिकामा ६२ अङ्कसहित दोस्रो स्थानको यूनाइटेडभन्दा १३ अङ्कको अग्रता कायम गरेको छ । तेस्रो स्थानको लेष्टरको ४९ र चौथो स्थानको वेष्टहमको ४५ अङ्क छ ।
म्यान्चेष्टर सिटी जारी संस्करणमा अपराजित श्रृखंलालाई २७ खेलसम्म पुर्याएको छ ।

तपाईको प्रतिक्रिया