पानीबाट हाइड्रोजन निकालेर दुई वर्षमा मोटर कुदाउने तयारी

  फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : नेपालमा दुई वर्षभित्र हाम्रै खोलानालाको पानीबाट उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौ विश्वविद्यालय (केयू) आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी निगम र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ ।

विश्वविद्यालयले भविष्यको ऊर्जाका रुपमा हाइड्रोजन महत्वपूर्ण ऊर्जा स्रोतका रुपमा हुने देखिएपछि यो क्षेत्रमा सक्रियता बढाएका छन् । यसका लागि आयल निगमले पाँच करोड रुपियाँ केयूलाई उपलब्ध गराउनेछ । कार्यक्रम केयु अन्तर्गत स्थापित ग्रिन हाइड्रोजन ल्याबले सञ्चालन गर्ने जनाइएको छ ।

केयुका उपकुलपति प्राध्यापक डा. भोला थापाका अनुसार हाइड्रोजन उत्पादन तथा व्यवसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछ । आयातित खनिज इन्धनको कारोबार गर्ने सरकारी कम्पनी आयल निगम स्वदेशी स्वच्छ ऊर्जा हाइड्रोजनको आवश्यकता बोध गरेर सक्रियता देखाउनु सकारात्मक हो,” उहाँले भन्नुभयो,“ समग्र राष्ट्रिय अर्थतन्त्र र जलवाय मै प्रभाव पर्ने ऊर्जा व्यापारको नयाँ स्वच्छ आयम खोजी हुँदैछ ।”

केयु मातहत सञ्चालित उक्त कार्यक्रम नीतिगत, पूर्वाधार र प्रदर्शनात्मक कार्यक्रम गरी तीन क्षेत्रमा केन्द्रित गर्न खोजिएको छ । विश्वविद्यालयले हाइड्रोजन उत्पादन तथा व्यापारका लागि सरकार तथा निगमले गर्नुपर्ने नीतिगत परिमार्जन तथा स्वीकार्यताका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।

यसका लागि हाइड्रोजनमा भइरहेको विश्वव्यापी अभ्यासको अध्ययन गर्ने ती देशमा अनुशरण गरिएका नीति र नेपालको अवस्थाका आधारमा उपयुक्त नीतिगत व्यवस्था कस्तो रहने भन्ने सुझाइने केयुका सहप्राध्याक डा. विराजसिँह थापाले जानकारी दिनुभयो । “यो अवधिमा हामीले निगम तथा सरकारलाई हाइड्रोजनको उत्पादन भण्डार तथा बजारीकरण गर्न लागि के कस्ता सुधार गर्ने अथवा नयाँ नीति लिने भन्ने प्रतिवदेन हामीले तयार गर्नेछौ,” उहाँले भन्नुभयो ।

हाइड्रोजन उत्पादनमा प्रयुक्त प्रविधिलाई नेपाल भित्र्याउने र त्यो प्रविधिलाइृ नेपालको अवस्था अनुसार स्वीकार्यता सृजना गर्न रुपान्तरण गर्नेसम्मको योजना यसमा बनाईएको छ । “विश्वमा यो क्षेत्रमा नयाँ नयाँ प्रविधि यो क्षेत्रमा विकसित छन । ती प्रविधि हामीले भित्राउनुपर्ने छ,” थापाले भन्नुभयो “यसकालागि हामीले कस्तो पूर्वाधार तयार गर्नु पर्छ र प्रविधिको उपयोगिता कसरी गर्न सकिन्न भन्नेमा पनि हामी काम गर्नेछौ ।”

नेपालमा हालसम्म हाइ«डोजनको व्यवसायिक उपयोगिता सुरु भइसकेको छैन । विश्व वजारमा रासायनिक मलउत्पादनदेखि साना तथा ठूला सवारी साधन सञ्चालन, ठूला कारखानाहरुमा व्यवसायिक रुपले हाइड्रोजन उपयोग गरिरहेका छन् । हवाईजहाज उत्पादक कम्पनीले एयरबसले विमानको हाइड्रोजन इन्जिन विकास गर्दैछ । नेपालमा पनि हाइड्रोजनको व्यवसायिक उपयोगिता प्रदर्शन(डेमो) गर्ने उद्देश्य पनि यसमा छ ।

योजना अनुसार हाइड्रोजन उत्पादन, भण्डारण र उपयोगका विधि आम समूदाय र सरोकारवालाले देखाउने योजना केयुको हो । हामी हाईड्रोजन उत्पादन गर्ने भण्डार गर्ने र त्यसको सवारी साधनमा प्रयोग गरेर प्रदर्शन गर्ने योजनामा काममा जुटेका छौ,” सहप्राध्यापक थापाले भन्नुभयो, दुई वर्षभित्र नेपालमा हाइड्रोजनबाट गाडी गुडेको देखाउनेछौं ।”

तपाईको प्रतिक्रिया