विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपालकाे नाम सिफारिस

  फागुन १५, २०७७

काठमाडौं, फागुन १५ : संयुक्त राष्ट्र संघको विकास नीतिसम्बन्धी समितिबाट नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिसमा परेको छ । हिजो बसेको सो समितिको बैठकले अति कमविकसित देशको सूचीबाट नेपालका स्तरोन्नतिका लागि सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नुपर्ने सुविधासमेत दिइएको छ ।

पछिल्लो समय सन् २०१५ मा नै नेपाललाई यस्तो सुविधा प्राप्त भए पनि सन् २०१५ मा आएको महाभूकम्प र जारी कोरोना भाइरसको महामारीले भने प्रतिव्यक्ति आयमा प्रभाव पारेका कारणले सन् २०१८ मा नेपालको यस्तो सुविधा कटौती गरेको संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङक स्तरोन्नतिका मुख्य मापदण्ड तय गरिएकोमा नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकाङ्कका तोकिएको मापदण्ड पार गरिसकेको अवस्था रहेको जनाइएको छ । सन् २०२२ मा स्तरोन्नति भएको अवस्थामा समेत नेपालले अल्पविकसित मुलुकमा रुपमा पाइरहेको सुविधा सन् २०२६ सम्म निरन्तर रुपमा पाउनेछ ।

यस्तै, नेपालसहित अन्य दुई मुलुकहरु छिमेकी देश बङ्गलादेश र दक्षिणपूर्वी एसियाली देश लाओस अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका छन् ।

तपाईको प्रतिक्रिया