शहीद स्मारक ’बी’ डिभिजन लिग : बाँसबारी बराबरीमा रोकियो

  फागुन १५, २०७७

काठमाडौ, फागुन १५ : शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न भने सकेनन् । मध्यान्तर अघि र त्यसपछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास भएको थियो ।

खेल बराबरीमा सकिएसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा प्रवेश गर्ने मौका गुमाएको छ । बाँसबारीेले सात खेलमा १५ अङ्क जोडेको छ । श्री कुमारी सात खेलमा सात अङ्क जोड्दै लिगको आठौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया