थप ८० जनामा कोरोना संक्रमण, १ सय २१ संक्रमणमुक्त

  फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ ।

गत २४ घण्टामा काठमाडौंमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी काठमाडौं उपत्यकामा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१ जना निको भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ ।

तपाईको प्रतिक्रिया