ओसाकाले जितिन् अस्ट्रेलियन ओपनको उपाधि

  फागुन ०८, २०७७

मेलबर्न, फागुन ८ : जापानकी नाओमी ओसाकाले शनिबार अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । वर्षको पहिलो ग्रान्ड स्लाम जित्ने क्रममा २३ वर्षीया ओसाकाले महिला एकल फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराइन् ।

ओसाकाका लागि सजिलो साबित फाइनल खेलमा उनी ६–४ र ६–३ ले पराजित गरिन् । पहिलो सेटमा केही चुनौती पेस गरे पनि २५ वर्षीया ब्राडी दोस्रो सेटमा फितलो साबित भइन् । यो जापानी खेलाडीले जितेको चौथो ग्रान्ड स्लाम उपाधि हो ।

फाइनल पुग्ने क्रममा ओसाकाले दुई ठूला प्रतिद्वन्द्वी सेरेना विलियम्स र गारबिन मुगुरुजालाई हराएकी थिइन् । उनले अस्ट्रेलियन ओपन जितेको यो दोस्रो पल्ट हो, यसअघि उनी २०१९ की विजेता पनि हुन् ।

उनले दुईपल्ट यूएस ओपन पनि जितिसकेकी छन् । बार्डी भने आफ्नो खेल जीवनको पहिलो ग्रान्ड स्लाम खेलिरहेकी थिइन् र त्यसमा बलियो चुनौती पेस गर्न असफल रहिन् ।

रड लेभर एरेनामा जितपछि ट्रफि उचाल्ने क्रममा ओसाकाले भनिन्, ‘यसपल्ट दर्शकसहितको फाइनल खेल्न पाइयो, त्यसैले म सबै टेनिस समर्थकप्रति आभार छु ।’

तपाईको प्रतिक्रिया