मिस नेशनल सौन्दर्य प्रतियोगिता हुने

  फागुन ०६, २०७७

काठमाडौं, फागुन ६ : काराओके इन्टरटेण्मेन्टले तेस्रो संस्करणको काराओके आइकन २०२१ र मिस नेशनल सौदर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

संगीत विधामा रुचि राख्ने नव गायक गायिकालाई एउटा मंच व्यवस्थापन हुने उद्देश्यका काराओके आइकन छनोट कार्यक्रम आयोजना हुन लागेको आयोजकले विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

राम्रो मन असल व्यवहार समाज प्रतिको जिम्मेवारीका साथ साथै राष्ट्रहितको कार्य गरि सरकारलाई नै सहयोग गर्न सक्ने व्यक्तित्व बनि राष्ट्रलाई विश्व सामु चिनाउने कार्य संस्थाकोे लक्ष्य रहेको आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया