’नरहे यो जिन्दगी’ म्युजिक भिडियो सार्वजनिक

  फागुन ०४, २०७७

काठमाडौं, फागुन २ : प्रणय दिवसको अवसर पारेर गायिका गंगा गजमेरले ’नरहे यो जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । गीतकार गोपाल लोहारको शब्द र गीतलाई मानसी किरणले संगीतवध्द गर्नु भएको छ ।

म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । दिनेश पराजुलीले भिडियोलाई छायांकन गुर्न भएको भीमा लोहार निर्मात्री रहेको सो भिडियो उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो ।

तपाईको प्रतिक्रिया