आकाशले अर्काे जीवनसाथी खोज भन्दा रोइन् पूजा

  माघ २३, २०७७

काठमाडौं, माघ २२ : लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन् ।

गीतकार प्रसाईका यस अघि प्रेमको कथा, कथा मृत्युकोलगायतका गीत हिट छन् । मेलोडियस शैलीमा तयार पारिएको गजल सुन्दा आनन्द लाग्ने छ । गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन् भने विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियो पछिल्लो समयका व्यस्त निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोमा आकाश र पूजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् ।

गीतमार्फत् गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अघि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ । निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया