लयमा फर्कंदै पर्वतारोहण हिउँदमा पनि आकर्षण

  माघ ०३, २०७७

काठमाडौँ, माघ ३ : कोरोना सङ्क्रमणका कारण मुख्य सिजनमै ठप्प भएको पर्वतारोहण बिस्तारै लयमा फर्कंदैछ । बन्दाबन्दीपछि प्रायः सबै क्षेत्र खुला हुँदा पर्वतारोहणमा पनि आरोहीको आकर्षण थपिएको छ ।

तुलनात्मक रूपमा कम रोजाइमा पर्ने हिउँदे पर्वतारोहणमा पनि यस वर्ष पर्यटन विभागले उल्लेख्य सङ्ख्यामा आरोहण अनुमति प्रदान गरेको छ । विभागका अनुसार हिउँदमा आरोहणका लागि अहिलेसम्म ४३ जनाले अनुमति पाइसकेका छन् । अनुमति पाउनेमा १४ जना नेपाली छन् भने बाँकी विभिन्न देशका नागरिक रहेको विभागले जनाएको छ ।

विभागले हिउँदमा विभिन्न सातवटा हिमालका लागि अनुमति जारी गरिसकेको छ । विभागका अनुसार लुजा पिक आरोहणका लागि तीन जना, क्युङ्गा रि टुका लागि एक जना अमादब्लमका लागि आठ जना, सुर्मा सरोवरका लागि दुई जनाले अनुमति पाएका छन् ।

त्यस्तै रोकापीमा दुई जना, मनास्लुमा १६ जना र थापा पिकमा ११ जनाले अनुमति पाएका छन् । अनुमति पाउनेमा ३६ जना पुरुष र सात जना महिला छन् । आरोहण अनुमतिबाट सरकारलाई आठ लाख ८० हजार रुपियाँ रोयल्टी प्राप्त भएको पनि विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया