चीनमा बुधबार ८१ जना कोरोनाका नयाँ संक्रमित भेटिए

  माघ ०१, २०७७

शिजिआजुआङ, माघ १ : उत्तरी चीनको हुबे प्रान्तमा बुधबार थप ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका पछिल्लो समाचारमा जनाइएको छ ।

चीन भित्रै संक्रमणको कारण ८१ वटा नयाँ घटना बाहिर आएको बिहीबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले बिहीबार दिएको जानकारीअनुसार चीनमा बुधबार ८१ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये ७५ जना प्रान्तीय राजधानी शिजिआजुआङ नागरिक रहेका छन् ।

बुधबार अपराह्न कोरोनाबाट एक महिलाको मृत्यु भएको बताइएको छ । यद्यपी ती महिलालाई यसअघि नै स्वास्थ्यमा समस्या रहेको जनाइएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनःस्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

चीनको हुबे प्रान्तमा मंगलबार पनि ११५ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका थिए ।

तपाईको प्रतिक्रिया