जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

  माघ ०१, २०७७

बर्लिन, माघ १ : कोरोनाभाइरसबाट संक्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् । जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । योसँगै जर्मनीमा कुल संक्रमितको संख्या १९ लाख ८० हजार पुगेको छ ।

“कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्षति कहिल्यै भएको थिएन, यो नै एकैदिनमा भएको सवैभन्दा धेरै क्षति हो,” एक अधिकारीले भने ।

महामारीमा परेर जर्मनीमा अहिलेसम्म ४३ हजार ८८१ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । कोरोनाभाइरसबाट प्रभावित मुलुकहरूको सूचीमा जर्मनी अग्रपक्तिबाट क्रम संख्या १० मा रहेको छ ।

तपाईको प्रतिक्रिया