चीनमा मंगलबार ११५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिए

  पुष २९, २०७७

बेइजिङ, पुस २९ : चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीनभित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मङ्गलबार ११५ जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये १०७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकबाटै ती १०७ जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार भेटिएका ११५ सङ्क्रमितमध्ये १०७जना स्थानीयस्तरमै आपसमा सङ्क्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् ।

चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनःस्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

मंगलबार भेटिएका स्वदेशी सङ्क्रमितमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीयस्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया