जनआन्दोलनको उपलब्धि समाप्त पार्ने गरी गतिविधि नगर्न गजुरेलको आग्रह

  पुष ११, २०७७

काठमाडौं, पुस ११ : नेकपाका नेता हरिबोल गजुरेलले दल विभाजनको दुर्भाग्यपूर्ण अवस्थामा पुुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । यहाँ आज आयोजित पत्रकार भेटघाटमा उहाँले एकार्काको योगदान र अस्तित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गालीगलोज र टीकाटिप्प्णी रोक्न दुवै समूहलाई सल्लाह दिनुभयो ।

नेता गजुुरेलले भन्नुुभयो, “स्थायी समितिको निर्णय विपरीत तथा अरु सम्भावनाको खोजीविनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुुटिपूूर्ण छ ।” उहाँले पार्टी विभाजनले उपलब्धि संस्थागत गर्न चुनौती खडा हुुने भएकाले तटस्थ रही एकताका लागि आफूले भगीरथ प्रयास गरे पनि अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वाकांक्षाले एकता जोगाउन बाधा पुगेको धारणा राख्नुभयो ।

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुुरेलले भन्नुुभयो, “पछिल्लो समय थेग्नै नसक्ने गरी विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग ग-यो ।”

पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुुल्याउन गुुटबन्दी होइन, विचार समूूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उहाँले एकता कायम राख्न बालुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीका पक्षमा आफूले इमान्दारीपूर्वक वकालत गर्दै आएको घटना सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया