ब्राजिलमा कोभिड सङ्क्रमितको सङ्ख्या ६० लाख नाघ्यो

  मंसिर ०६, २०७७

ब्रासिलिया, मंसिर ६ : ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ सङ्क्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।

योसँगै ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या ६० लाखभन्दा पनि बढी पुगेको बताइएको छ । शुक्रबारसम्मको तथ्याङ्कअनुसार यहाँको कोभिड १९ का सङ्क्रमितहरूको जम्मा सङ्ख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो ।

उक्त मन्त्रालयका अनुसार यहाँ यो सङ्क्रमणबाट गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ । योसँगै यहाँ एक लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ । शुक्रबार बिहानसम्म यहाँ यो सङ्क्रमणबाट एक लाख ६८ हजार ६१३ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको दाेस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना भाइरसका सङ्क्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ । पछिल्ला हप्ताहरूमा ब्राजिमा कोभिडका सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढेको पाइएको छ । यहाँका अधिकारीहरूले खासगरी साओ पाओलोमा यसका सङ्क्रमितहरू बढी भेटिएका बताइएको छ ।

तपाईको प्रतिक्रिया