उपत्यकामा एक हजार १०७ मा सङ्क्रमणको पुष्टि

  मंसिर ०५, २०७७

काठमाडौं, मंसिर ५ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार १०७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार १०७ जना सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा ४८४ महिला र ६२३ पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौं जिल्लामा हाल नौ हजार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ । हालसम्म काठमाडौंमा ७१ ह्जार ५९१ जना निको भएका छन् । ३१६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यसैगरी, ललितपुरमा हाल दुई हजार २२८ जनामा सङ्क्रमण सक्रिय रहेको छ । नौ हजार ६३१ जना निको भएका छन् । ललितपुरमा ८९ जना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुरमा भने ७८३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । छ हजार ४७० जना निको हुँदा ८३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया