ह्याप्पी तिहार–२ दुर्गेश थापालाई पल शाहको साथ

  कार्तिक २४, २०७७

बागलुङ, कात्तिक २१ : चर्चित मोडल तथा गायक दुर्गेश थापाले यस वर्षको तिहारमा ह्याप्पी तिहार–२ ‘डन आयो डन’ गीत सार्वजनिक गर्नुभएको छ । गायक थापाको ह्याप्पी तिहार–२ ‘डि सिरिज’ युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । बिहीबार मात्र सार्वजनिक भएको गीत २४ घण्टा नबित्दै ४ लाख ३८ हजार बढी दर्शनले हेरेका छन ।

गीतको भिडियोमा चर्चित अभिनेता पल शाहले साथ दिनुभएको छ । भिडियोमा अभिनेता पल शाह, गायक दुर्गेश थापा, योगेश काजी र नृत्य निर्देशक शिव विक लगायतका कलाकारले नृत्य प्रस्तुत गर्नुभएको छ । दुर्गेशको शब्द र संगीत रहेको ह्याप्पी तिहार–२ मा दुर्गेश र गायक योगेश काजीले स्वर भर्नुभएको छ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गर्नुभएको छ । गायक थापाले गतवर्ष सार्वजनिक गरेको ह्याप्पी तिहार, चिसो वियर गीत विवादमा परेको थियो । यो साल सार्वजनिक भएको गीतमा कोरोनाबारे सचेत गराइएको छ ।गीतको सुरुवात मै ‘ह्याप्पी तिहार ह्याप्पी तिहार, कोरोना लास्दै बढ्या छ है टेक केयर’बाट सुरु भएको छ । विचमा नृत्यको लागि आउने अभिनेताहरुले पनि स्यानिटाईजर प्रयोग गरेर मात्रा नाच्ने गरेको भिडियो निर्माण गरिएको छ ।

जनजिब्रोमा अभ्यास्त भन भन भाई हो, देउसिरे, पल्लोघर कस्को आलेको, भित्र बाहिरी टालेको, घोरल्ले खसी पालेको, छानामाथि घिरौला, के के दिन्छन हेरौला, नमरे बाँचे कालले साँझे अर्काेसाल आउँला, सिदा नि दिए विदानी दिए जस्ता सरल र रोचक शब्दको प्रयोगले गीत सरल बनेको छ ।

तपाईको प्रतिक्रिया