‘कृष्णलिला’मा दीपिकाको ठाउँमा श्रद्धा

  कार्तिक १९, २०७७

काठमाडौं, कात्तिक १८ : फिल्म ‘कृष्णलिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । यो भूमिकामा यस अघि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् ।

तर, स्वास्थ्यका कारण अभिनेत्री दीपिकाले अभिनय गर्न नसक्ने बताएको कारण उक्त भूमिकामा निर्माण युनिटले अहिले श्रद्धालाई अनुबन्धित गरेको हो । फिल्ममा अभिनेत्रीको रुपमा दीपिकाको ठाउमा श्रद्धा भित्रिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दीपिका केही समययता थाइराइड र माइग्रेसनको समस्याले पीडित रहेको र फिल्म अभिनय गर्न असमर्थ भएको कारणले फिल्ममा अभिनेत्री परिवर्तन गर्नुपरेको निर्माता उहाँको भनाइ छ ।

मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले अब फिल्ममा अभिनेता पुष्प खड्कासँग अभिनय गर्नुहुनेछ ।
फिल्ममा श्रद्धाको साथमा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ ।

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्म मंसिर १५ गतेबाट छायाँकनमा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया