जुवाको खालबाट गोरु व्यापारीसहित छ जुवाडे पक्राउ

  कार्तिक १९, २०७७

सर्लाही, कात्तिक १९ : जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

प्रसिद्ध गोरु व्यापारी सिंह, बरथवा नगरपालिका–६ का रामप्रमोद महतो, बरथवा नगरपालिका–५ का महमदहसन कवारी, बरथवा नगरपालिका–७ का गोविन्द साह ९दिनेश०, सोही ठाउँका रामानन्द दास र बरथवा नगरपालिका–१६ का मनोज राय मङ्गलबार साँझ पक्राउ परेका प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो ।

जुवाको खालबाट पक्राउ परेका उनीहरुको साथबाट रु ६० हजार ९९५ नेपाली र भारु पाँच हजार २०० बरामद भएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो । गोरु व्यापारी सिंहले सर्लाहीदेखि झापासम्मका प्रहरीलाई मिलाएर गोरुको नाममा गाई निर्यात गर्ने गरेको समेत खुल्न आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सिंहले कात्तिक ५ गते ना६ख ७६३९ नम्बरको ट्रकमा १८ वटा गाई र १३ वटा गोरु लोड गरी बाहिर निर्यातका लागि पठाएका थिए तर सामाजिक अभियानकर्मीले थाहा पाएपछि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरीलाई बुझाएका थिए । प्रहरीले राजश्व कार्यालयमा बुझाएको बताएको छ ।

तराईको सबै प्रहरी अधिकृत इन्चार्जहरुसँग गोरु व्यापारी सिंहकोे राम्रो सम्बन्ध रहेकाले गोरु बजारहरुमा सङ्कलन केन्द्रको रूपमा ठेक्का लिने र गोरुको नाममा गाईको निर्यात गर्ने काम भइरहेको छ भने प्रहरी मौन देखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया