लोकगायक खत्रीको तिहार कोसेली ‘ लाहुरे बाको आगनी’

  कार्तिक १५, २०७७

बागलुङ, कात्तिक १५ : चर्चित लोक दोहोरी गायक विष्णु खत्रीले यस वर्षको तिहार कोसेली ‘लाहुरेबाको आगनी’ सार्वजनिक गर्नुभएको हो । तिहार पर्वतको अवसरमा परम्परागत रुपमा खेलिने देउसी भैलो गीत समावेश गरी गायक खत्रीले युटुव च्यानलमार्फत् देउसी गीत सार्वजनिक गर्नुभएको हो ।

समाजमा नेताको भूमिका, शिक्षकको भूमिका र लाहुरे बाको जिन्दगी बारे गीतमा चित्रण गरिएको छ । गायक खत्रीले गीतमार्फत भन्नुभएको छ ‘बन्नु हुन्छ लोकप्रिय नेता, बुझेदेखि जनताको पिर बेथा ।’ सडक, विद्युत, खानेपानी, शिक्षाको अवस्था सुधार, कलकारखाना उद्योग संचालन तथा युवा शक्तिको सदुपयोग गर्न गर्न गीत मार्फत आग्रह गर्नुभएको छ ।

शुक्रबार सार्वजनिक भएको गीत २४ घण्टा नपुग्दै ४६ हजार बढी दर्शकले हेरेका छन् । बागलुङको गलकोट नगरपालिका ७ मल्जन्मेका खत्री लामो समयदेखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सक्रिय हुनुहुन्छ । गीतले नजिकिँदै गरेको महान् चाड तिहार गाउँ घरमा खेलिने देउसी भैलोमार्फत् हाम्रो समाजमा सन्देश प्रदान गरेको छ ।

नेपाली समाजको परिवेश, जनताको अपेक्षा र समाजको वास्तविक विषयवस्तु उठान भएको गीतले दर्शक श्रोताको मन जित्ने गायक खत्रीले अपेक्षा छ । नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच पनि कला संस्कृतिलाई निरन्तरता दिएको बताउनुभयो ।

गायक खत्री, गायिका टीका पुन र मुना थापा मगरको स्वर दिनुभएको गीतको म्युजिक भिडियो होम गुरुङले निर्देशन गर्नुभएको छ । गीतमा निर्मल क्षेत्री, सम्झना खत्री र सकुना खत्रीसहित दर्जनौं कलाकारको अभिनय गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया