अब साताको दुई दिन मात्रै स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी जानकारी अब साताको दुई दिनमात्रै प्रेस ब्रिफिङ मार्फत् सार्वजनिक गर्ने जनाएको छ ।

मन्त्रालयले यसै सातादेखि लागू हुने गरी आइतबार र बुधबार कोभिड–१९ सम्बन्धी प्रेस ब्रिफिङ गर्ने जनाएको छ । मन्त्रालयको उक्त निर्णयपछि अब आइतबार प्रेस ब्रिफिङ हुनेछ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैं विदापछिको पहिलो प्रेस ब्रिफिङको क्रममा उक्त निर्णय गरिएको जानकारी दिनुभयो । अन्य दिन भने ४ः३० बजे मन्त्रालयको वेभसाइटमा कोभिड–१९ सम्बन्धी तथ्याङ्क अपलोड गरिने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले दैनिक साढे चार बजे वेबसाइट र सामाजिक सञ्जालमा पछिल्लो चौबीस घण्टाको अद्यावधिक जानकारी पस्किदै आएको छ । दशैं विदामा समेत वेबसाइट मार्फत् नै जानकारी साझा गरिएको थियो ।

तपाईको प्रतिक्रिया