काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १ हजार ५ सय ३५ कोरोना संक्रमित

  कार्तिक ०९, २०७७

काठमाडौं, कात्तिक ९ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार ५३५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ५३५ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामा ९०६ पुरुष, र ६२९ महिला पहिचान गरिएको जनाएको छ । काठमाडौंमा अघिल्लो दिनको तुलनामा करिब ४२५ जना थप ब्यक्तिमा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशैभरि दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा हाल २३ हजार ७५० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ४५ हजार ४४५ जना निको भएका छन् । उपत्यकामा कोरोना सङ्क्रमणबाट हालसम्म ३०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुईजनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ११ हजार ६७० सङ्क्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया