अफगान सेनाको हवाई आक्रमणमा १३ बालबालिका मारिए

  कार्तिक ०९, २०७७

काबुल, कात्तिक ९ : अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ ।

अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार आयोगले जानकारी दिएको छ ।

उक्त आयोगले तखार क्षेत्रमा अफगानिस्तानको सरकारी सैन्य फौजले तालिबानीहरु रहेको सूचनाको आधारमा हवाई माध्यमबाट कारबाही गरेको थियो र त्यस कारबाहीमा पनि कैयौँ व्यक्ति मारिएका छन् ।
कारबाहीका क्रममा अरु पनि कैयौँ व्यक्ति घाइते भएका छन् । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमी खालिजादले पनि सो जानकारी दिएका हुन् ।

तखार प्रान्तमा हिजो गत शुक्रबार कारबम हमला गरेर कैयौंँ निर्दाेष गाउँलेको हत्या भएको थियो । उनीहरु त्यसपछि भागेका थिए । उनीहरुलाई कारबाहीका लागि खोज्ने क्रममा अफगानिस्तानको सरकारी सेनाले हवाई कारबाही गरेको थियो । त्यसै क्रममा बालबालिका मारिएका हुन् ।

तपाईको प्रतिक्रिया