गण्डकीमा थप तीन कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६३ पुग्यो

  कार्तिक ०९, २०७७

बागलुङ, कात्तिक ९ : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप तीन जनाको निधन भएको छ ।  पोखरा महानगरका दुइ पुरूष र एक महिलाको मृत्यु भएको हो । मृतक सबैमा दीर्घ रोगको रहेको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

शर्माका अनुसार शनिवार राति पोखरा महानगरपालिका १५ की ५२ बर्षीय कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसीयूमा उपचारका क्रममा निधन भएको हाे । कात्तिक ८ गते कोरोनाको संक्रमण पुष्टि भएको महिलालाई सोहि दिन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ्र शब ब्यबस्थापनको तयारी भैरहेको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका २२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ८ गते गण्डकी मेडिकल कलेज पोखरामा र पोखरा महानगरपालिका ३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ८ गते नै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको  उपचारका क्रममा  निधन भएको छ । मृतकमा कोभिड१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेको थियो । मृतक तीन जनाको शबहरुको ब्यबस्थापन भैसकेको छ । 

तपाईको प्रतिक्रिया