हैदराबादबाट राजस्थान पराजित

  कार्तिक ०८, २०७७

काठमाडौं, कात्तिक ७ : इन्डियन प्रिमियर लिगको ४० औं खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयललाई आठ विकेटको भारी अन्तरले हराएको छ । जितसँगै हैदराबाद अङ्कतालिकाको पाँचौं स्थानमा उक्लेको छ । दश खेलबाट उसले चारमा जित हार पारेर आठ अङ्क बटुलेको छ । देल्ही क्यापिटल्स दश खेलबाट सातमा जित हात पारेर १४ अङ्क ल्याएर शिर्ष स्थानमा रहेको छ ।

राजस्थानले प्रस्तुत गरेको १५५ रनको लक्ष्य हैदराबादले खेल सकिन ११ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा १५६ रन बनाएर पुरा गर्यो । हैदराबादको जितमा मनिष पाण्डेले अविजित रहनुहुँदै सर्वाधिक ८३ रनको योगदान दिनुभयो । उहाँले मात्र ४७ बलको सामना गरेर चार चौका र आठ छक्का लगाउनुभयो । विजय शंकरले अविजित ५२ रन बनाउनुभयो । १६ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको हैदराबादका लागि दुबैजनाले तेस्रो विकेटका लागि १४० रनको अविजित साझेदारी गर्नुभयो ।

इसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको राजस्थानले पुरा २० ओभर खेलेर छ विकेटको क्षतिमा १५४ रनको योगफल तयार गरेको थियो । उसको पारीमा सञ्जु सैम्सनले सर्वाधिक ३६ र बेन स्टोक्स ३० रनको योगदान दिनुभयो । हैदराबादका लागि जैसन होल्डरले सर्वाधिक तीन विकेट लिनुभयो ।

तपाईको प्रतिक्रिया