गण्डकीमा ६ हजार ४५९ कोरोना सङ्क्रमित

  कार्तिक ०८, २०७७

पोखरा, कात्तिक ८ : गण्डकी प्रदेशमा आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ६ हजार ४५९ पुगेको छ ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया