वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

  कार्तिक ०७, २०७७

काठमाडौं, कात्तिक ६ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । पछिल्ला दिनमा सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेशनमा रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया