काठमाडौं उपत्यकामा थपिए तीन हजार १०७ कोरोना संक्रमित

  कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार १ सय ७ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी दुई हजार तीन सय ९१ जना छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरि पाँच हजार ७४३ सङ्क्रमित थपिएका छन् । २० हजार ११८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म १३ लाख ३४ हजार ८९७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक लाख ४४ हजार ८७२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ९९६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९९ हजार ६०५ जना सङ्क्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया