५ हजार ७४३ कोरोना संक्रमित थपिए, दुई हजार ९९६ डिस्चार्ज

  कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : पछिल्लो २४ घन्टामा नयाँ कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार ७ सय ४३ पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा दुई हजार ९९६ निको भएर घर फर्कनुभएको छ । हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।

आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा तीनहजार १०७ नयाँ सङ्क्रमितमध्ये काठमाडौँमा दुईहजार ३९१, भक्तपुर १७३ र लतिपुरमा ५४३ रहेको जानकारी दिनुभयो । हाल क्वारेन्टिनमा चार हजार ६५ छन् ।

गत २४ घण्टाभित्र २० हजार ११८ पिसीआर परीक्षण गरिएको छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ । सङ्क्रमित शून्य भएको जिल्ला मुस्ताङ छ ।

प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दशै पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया