‘यसपालिको दशैं मान्न घरै आउनु कान्छा’ गीत सार्वजनिक

  कार्तिक ०४, २०७७

काठमाडौँ, कात्तिक ४ : दशैंका धुनले पनि दशैंको माहोललाई सांगीतिक बनाउन साहित्यकार पदम विश्वकर्माले पनि ‘यसपालिको दशै मान्न घरै आउनु कान्छा’ बोलको गीतमार्फत दशैको सन्देश दिनुभएको छ ।

ङयसपालिको दशै मान्न घरै आउनु कान्छा, कसैगरी टीका थाप्न घरै धाउनु कान्छा, घरै धाउनु कान्छा । यसपालिको दशै मान्न ।’ केटाकेटी लालाबाला कति खुशी होलान्, महिना दिनै बस्ने गरी छुट्टी ल्याउनु कान्छा..।” गीतमा यी मार्मिक शब्दहरु बिश्वकर्माले लेख्नु भएको हो । गीतमा संगीत राम कार्कीको रहेको छ भने स्वर कृष्णभक्त राईको हो ।

दशै विशेष बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको छ । अन्तर्रराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष पदम विश्वकर्मा अनवरत रुपमा नेपाली साहित्यको सम्वद्र्धन र प्रवद्र्धनमा लाग्नु भएको छ । अनेसास केन्द्रीय समितिमा दुई कार्यकाल अध्यक्ष हुनुभएको विश्वकर्मा बोर्ड अफ ट्रस्टीको उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएको छ ।

नासो कम्युनिटी र ब्लड डोनर्स अफ अमेरिका गरी दुईवटा निकायको सल्लाहकारका रुपमा तथा जातीय भेदभाव विरुद्ध विश्वमञ्चको वरिष्ठ उपाध्यक्ष भइसकेका साहित्यकार पदम विश्वकर्मा ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’का अध्यक्ष हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट नेपाली साहित्यमा स्नातक र समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गर्नु भएका साहित्यकार विश्वकर्माले डा.अम्वेडकर अन्तर्रराष्ट्रिय पुरस्कार–२०१८ लगायत विशिष्ट पुरस्कार तथा सम्मानहरु प्राप्त गर्नुभएको छ । यसअघि विश्वकर्माको ‘तमसुक’ कथा संग्रह र शब्द सुमन कविता संग्रह प्रकाशित छ भने उहाँको शब्दमा सोच तिम्रो शीर्षकको गीत सार्वजनिक छ ।

तपाईको प्रतिक्रिया