कर्मचारीले पनि दसैं भत्ता कोरोना कोषमा राख्नुपर्छ : भट्टराई

  कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक ३ : पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको विषयमा सांसदहरूको आलोचना भइरहेको बेला भट्टराईको उक्त अभिव्यक्ति आएको हो ।

सोमबार ट्विटरमा भट्टराईले पर्वमुखी भत्ता प्रणालीलाई खारेज गर्नुपर्ने पनि बताएका छन् । भट्टराईले लेखेका छन्, ‘मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याँइका लागि एक्लाएक्लै दसैं भत्ता नलिने घोषणा गर्नु सट्टा नेतारसांसदहरूले सरकारलाई धर्मनिरपेक्ष देशमा यस्ता पर्वमुखी भत्ता प्रणालीलाई नै खारेज गर्न दबाब दिनुपर्ने हैन र ?’

कर्मचारीले पनि दसैं भत्ताको नाममा ठूलो रकम लिने भएकाले त्यो पनि फिर्ता गर्नुपर्ने भट्टराईको भनाइ छ । त्यस्तो रकम कोरोना पीडितको उपचारमा लगाउनुपर्ने भन्दै उनले लेखेका छन्, ‘सांसद मात्र हैन कर्मचारीले समेत एकमुष्ट १५ अर्ब रुपैयाँ कोरोना पीडितमा लगाए पो अर्थ होला ।’

तपाईको प्रतिक्रिया