भैरहवामा पेट्रोल पम्प र ट्यांकरमा आगलागी, आगो नियन्त्रणमा

  कार्तिक ०३, २०७७

भैरहवा, कात्तिक ३ : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सोमबार राति करिब साढे ७ बजे पेट्रोल पम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागी भएको हो ।

दमकल पुगेर आगो निभ्याउने प्रयास भए पनि अझै आगलागी नियन्त्रणमा आएकाे जनइएकाे छ । प्रहरी र स्थानीयले निभाउने प्रयास गरेका छन । ट्याङ्करमा डिजल, पेट्रोल वा मट्टीतेल के छ भन्ने नखुलेको र नियन्त्रणमा कठिनाइ भएको प्रहरीले बताएको छ । थप विवरण आउन बाँकी छ । ट्यांकरबाट सल्केको आगोले पम्पमा समेत टिपेकोले थप क्षतिको खतरा रहेको प्रहरीले बताएको छ । 

तपाईको प्रतिक्रिया