खसीबोकाको मूल्य किलोकाे ५५० तोकियो, घाटा बेहोरेर बिक्री गर्दै व्यापारी

  कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक ३ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोकाको बिक्री मूल्य निर्धारण गरेको छ । बिगतका बर्षहरुमा च्याग्रा समेत बिक्री गर्ने कम्पनीले यो बर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागिय प्रमुख श्रीमणिराज खनालले आइतबार बसेको बैठकले जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५०रुपियाँ कायम गरेको जानकारी दिनुभयो । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोको बिक्री शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बाकाको मूल्य निर्धारण गरिएको हो । सरकारले दशैँका समयमा उपभोक्तालाई थोरै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका बिक्री गरेको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

यो बर्ष पहिलो चरणमा एक हजार सात ओटा खसी बोकाको बिक्री गर्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गरेको छ । यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा पहिलो चरणमा एक हजार सातको संख्यामा खसी, बोका बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि सोमबारसम्ममा ४०५ ओटा खसी बोका काठमाडौ ल्याइ सकिएको छ । दाङबाट ६०० र हेटौडाबाट ४०० खसी बोकामभ्ये चार सयवटा काठमाडौं आइसकेका छन् । मागको आधारमा थप खसी बोका समेत बिक्री गरिने उहाँले बताउनुभयो ।

अरु अरु एक दुई दिनभित्र ल्याइसक्ने खनालले जानकारी दिनुभयो । सरकारले खसी, बोका बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिएको छ । खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको खनालले जानकारी दिनुभयो । अहिले राजधानी तथा नेपालका अन्य जिल्लाहरुमा खसी बजारमा जीउँदो खसी बोका ८०० रुपियाँसम्म र प्रति च्याङ्ग्रा ५० हजारसम्ममा बिक्री हुँदै आएको छ । सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरिद समितिले गरेको मूल्यका आधारमा ती खसी, बोका किसानसँग खरिद गरिएको कम्पनीले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया