कैलालीको जुगेडामा गस्तीमा गएका असईसहित दुई प्रहरी बेपत्ता

  कार्तिक ०२, २०७७

कैलाली, कात्तिक २ : कैलालीको धनगढी नजिक जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी बेपत्ता भएका छन् । मोटरसाइकलमा गस्तीमा गएका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद शनिबार राति १० बजेदेखि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दानबहादुर रोकायाका अनुसार नेपाल भारत सीमा मोहना नदी क्षेत्रमा ड्युटीमा गएका उनीहरु आइतबार बिहानसम्म नफर्किएपछि खोजतलास सुरु भएको हो ।

प्रहरीहरु बेपत्ता भएको जानकारी पछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतसहितको टोली खोजतलासमा परिचालित भएको इन्सपेक्टर रोकायाले बताए । ‘मोहना नदीमा एक जनाको शव देखिएको छ । नदीमा रहेको शवको पहिचान भने भएको छैन’ रोकायाले भने ।

घटनास्थलमा सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदी पनि पुगेका छन् । तस्करसँग भिडन्त भएको हुनसक्ने अनुमान गर्दै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया