म्याग्दीका एक कोरोना संक्रमित सम्पर्कबिहीन

  कार्तिक ०१, २०७७

म्याग्दी, कात्तिक १ : शनिबार कोरोना संक्रमण पुष्टि भएका बेनीका ४४ वर्षीय पुरूष सम्पर्क विहिन भएका छन् । बेनी नगरपालिका ७ का ती पुरूषले गण्डकी अस्पताल पोखरामा कोरोना परिक्षणका लागि स्वाव दिएका थिए ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई सम्पर्क गर्न खोज्दा मोवाईल अफ रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । शनिबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती मा बेनपा ७ का पुरूषमा कोरोना पुष्टि भएको उल्लेख छ । मोवाईल अफ गरेकाले उनको खोजिमा समस्या भएको उहाँले बताउनु भयो ।

बेनीबाट पोखरा उपचारका लागि पुगेका समयमा कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हुन सक्ने उहाँले बताउनुभयो । संक्रमितलाई सम्पर्कमा आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया