क्यान्सर भएको घोषणा गर्दै सञ्जय दत्तले भने, ‘म यसलाई परास्त गर्छु’

  कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन् । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले ूचाँडै क्यान्सरलाई परास्त गर्नेू विश्वास व्यक्त गरेका छन् । उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन् । अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड(१९ परीक्षण गरिएको थियो । तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन । त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो । फोक्सोको क्यान्सर देखिएको अपुष्ट समाचारअनुसार आएकै बेला उनले ूऔषधोपचारका लागि कामबाट छोटो बिदाू लिने बताएका थिए ।

सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्नै प्रशंसकहरूलाई उनको अवस्थाबारे ूचिन्ता वा अनावश्यक अनुमान नगर्नू आग्रह गरेका छन् । आफ्ना केशविन्यासकार आलिम हकिमको सलोनमा खिचिएको भिडिओमा दत्तले देब्रे आँखीभौँदेखि टाउकोको छेउसम्म बनेको एउटा दाग देखाएका छन् । ‘यो मेरो जीनवको आलो दाग हो। तर म यसलाई परास्त गर्छु। म क्यान्सरबाट चाँडै मुक्त हुन्छ ।,

दत्तले नयाँ चलचित्रको छायाङ्कनमा जान पाउने भएकोमा प्रसन्नता व्यक्त गरेका छन् । सन् २०१३ मा पाँच वर्ष जेल परेपछि उनको अभिनययात्रामा विश्राम लागेको थियो । सन् १९९३ मा मुम्बईमा भएका विस्फोटन र बन्दुकसम्बन्धी मुद्दामा उनी दोषी ठहर भएका थिए । ती घटनामा २५७ मानिसको ज्यान गएको थियो भने ७१३ जना घाइते भएका थिए ।

तर सन् २०१६ मा कारागरबाट छुटेपछि उनी फेरि चलचित्र उद्योगमा फर्किए । उनले त्यसपछि अभिनय गरेका केही चलचित्रहरू धेरै सफल भए । रणवीर कपूरले अभिनय गरेको दत्तको जीवनकथामा आधारित चलचित्र धेरै चल्यो ।

बिबिसीका अनुसरा सञ्जय दत्तले आफू लागुपदार्थको दुर्व्यसन र मुम्बई घटनामा दोषी ठहर भएको विषयमा खुलेरै अन्तर्वार्ता दिएका छन् । ती घटनाले आफूलाई बलियो बनाएको उनको भनाइ छ ।

उनकी आमा नरगिसको सन् १९८१ मा र पहिली पत्ती ऋचा शर्माको १९९६ मा क्यान्सरकै कारण मृत्यु भएको थियो । उनका बुवा सुनील दत्त र आमा नरगिस दुवै जना कलाकार थिए । सुनीत दत्त पछि राजनीतिमा पनि लागे ।

तपाईको प्रतिक्रिया