दक्षिण कोरियामा थप ४ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

  असोज २७, २०७७

काठमाडौं, असोज २७ : दक्षिण कोरियामा थप ४ जना नेपाली विद्यार्थीलाई कोरोना पुष्टि भएको छ । १० अक्टोबर २०२० मा विद्यार्थी भिसामा मलेसियाहुँदै कोरियन एयरमार्फत दक्षिण कोरिया प्रवेश गरेका ४ नेपाली विद्यार्थीलाई कोरोना पुष्टि भएको हो ।

योसँगै दक्षिण कोरियामा सक्रिय संक्रमित नेपालीको संख्या १६ पुगेको एनआरएनए कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिनुभयो । हालसम्म कोरियामा कोरोना संक्रमित २३ नेपाली मध्ये ७ जना निको भइसकेको उहाँले जानकारी दिनुभयो ।

कोरोना महामारीको जोखिम कायमै रहेकाले कोरियामा रहेका सबै नेपालीहरुलाई थप सजगता अपनाउन समेत उनले गर्नुभयो । कोरोना महामारीको जोखिम कायमै रहेकाले कोरियामा रहेका सबै नेपालीहरुलाई थप सजगता अपनाउन समेत उहाँले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया