फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार

  असोज २४, २०७७

कोलम्बो, असोज २४ : फोहोरमा चरिरहेको हात्तीहरूको बथानको तस्बिरले श्रीलङ्कामा यस वर्षको रोयल सोसाइटी अफ बायोलजी (आरएसबी) फोटोग्राफी प्रतियोगिता जितेको छ ।

यो तस्बिर आम्पारा जिल्लामा अवस्थित एउटा वन्यजन्तु आरक्ष नजिकै तिलक्षण धर्मपालनले खिचेका हुन्। फोहोर खाएका कारण बिरामी भएर हात्तीहरु मर्न थालेपछि हाल सरकारले त्यहाँ फोहोर फाल्न प्रतिबन्ध लगाएको छ ।

बिबिसीका अनुसार धर्मपालनको तस्बिर आवर चेन्जिङ वर्ल्डु अर्थात् हाम्रो बदलिँदो विश्वु शीर्षकको प्रतियोगितामा प्रथम भएको हो। पुरस्कार स्वरुप उनले १,००० पाउन्ड प्राप्त गरेका छन् ।

आरएसबीको युवा फोटोग्राफर उपाधि पनि श्रीलङ्काका १४ वर्षीय आश्विन गीर्तनले जितेका छन् । आश्विनले माझीहरूले छोडेका डन्डीमा बसेर पानीमा माछा ढुकिरहेका चराहरूको तस्बिर खिचेका थिए ।

उक्त प्रतियोगितामा सहभागी थप उत्कृष्ट तस्बिरहरू यस्ता छन् ।

तपाईको प्रतिक्रिया