विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक

  असोज २०, २०७७

काठमाडौँ, असोज २० : विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ ।

सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ ।

गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि हुनुहुन्छ ।

सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो ।

गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ ।

छायाङ्कन वीरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया