डि.आर सुजनको ‘मेरो बाबा’ सार्वजनिक

  साउन ३१, २०७७


काठमाडाैं, साउन ३१ : म्युजिक भिडियो तथा गीतले धेरै चर्चा कमाउन सफल त् भयो नै डि.आर सुजनको चर्चा पनि हुन थाल्यो । गीत संगीतको व्यापक माहोलमा ‘फुली नाकैमा’ गीतको चर्चा सेलाउन नपाउदै डि.आर सुजन आफैले निर्देशन, संगीत,शब्द, तथा अभिनय समेत गरेको डि.आर सुजनको आफ्नै प्रस्तुतिमा रहेको म्युजिक भिडियो ‘दुखि बाहुन’ले पनि सार्वजनिक गरेसङै निकै चर्चा कमाएको थियो । यसै सन्दर्भमा गीतसंगीतको माहोल खस्किदै गैरहेको बेला सामाजमा घटेका अतुलनीय घटनालाई समेटेर नितान्त जिबनमा आमाबुवाको आवश्यकता के कति हुन्छ भन्ने कुरालाई चित्रण गरेर दर्जनौ कलाकारहरुको स्वरमा रहेको गित’मेरो बाब’सार्वजनिक भएको छ । जुन गीतमा डि.आर सुजनको परिकल्पना तथा रचना गरेका छन् ।

नेपालका ख्यातिप्राप्त १६ जना कलाकारको स्वर रहेको आमाबुवाको मायाले ओतप्रोत गीत ‘मेरा बाबा’ सार्वजनिक गरिएको छ । गीतमा ख्यातिप्राप्त गायक गायिकाहरु पशुपति शर्मा,पुरुश्तोम न्यौपाने,खुमन अधिकारी,ईश्वर सिंह,तारानाथ आचार्य,शम्भु कुवर,मौशम गुरुङ,किसन नेपाली,डि.आर सुजन,रञ्जन कार्की,टेक नारायण चापागाई,नारायण भट्टाराई लगायतको स्वर रहेको छ ।

डि.आर. सुजनको निर्देशन तथा शब्द संगीतमा तयार पारेको म्युजिक भिडियो निर्देशक डि.आर.सुजन परिकल्पना तथा निर्देशनमा तयार’मेरा बाबा’ गीतको भिडियोमा लेखान्त भुसाल,डि.आर सुजन,दिवाकर भण्डारी,साया भण्डारी,सुरवीर पण्डित,रमा थपलिया,कृष्ण मगल श्रेष्ठ, मणि कुमार राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

जिन्दगीमा अनेक प्रकारका हन्टर, दुख कष्ट, हरेक हाँसो र मुस्कान भित्र पिडा र खुसी सम्मीश्रण लुकाउँदै समयसँग लुकामारी गर्दै यहाँसम्म पुगेका छन् । जसले कहिले हार्न जानेनन उनले हार्न सिकेनन् । यसको प्रतिफल आज यो ठाउमा छन् । बस् १ उनले बदले आफैंलाई । बदले जिन्दगीलाई हेर्ने दृष्टि। बदले सौन्दर्य पारख गर्ने तराजु । प्रचलित परिभाषाभन्दा बाहिरको जीवन । सुन्दर र शानदार । गीतसंगीतको क्षेत्रमा लामो संघर्ष बिताए पनि छोटो समयमा लाखौ दर्शक स्रोताको नजरमा पुगे । उनी हुन् डि.आर सुजन ।

डि.आर सुजन लामो समयदेखि कलाकारितामा अगाडि बढीरहेका कलाकार हुन् । सानै उमेर देखि गित संगीत,नाटक रुचि राख्ने सुजन सुमधुर आवाज छ भने आकर्षक व्यक्तित्वका भएका हसिलो मिजासिलो स्वभावका मिलनसार व्यक्तित्व छन् । पछिल्लो समयमा नयाँ पुस्ताहरू पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ। धेरै सफल पनि भैरहेका छन् भने कोही क्षणीक अवधि पछि यो क्षेत्र बाट हराईरहेका छन् । मोडलिङ क्षेत्रमा प्रशस्त सम्भावनाहरू रहेका छन् भने क्षमताबान तथा कला भएकाहरूको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो । वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।