अमेरिकाद्वारा कोरोना रोकथामको लागि २१ करोड सहयोग घोषणा

  चैत ०७, २०७६

काठमाडौं, चैत ६ : अमेरिकाले कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि १८ लाख अमेरिकी डलर (करीब २१ कराेड रुपियाँ) बराबरको सहयोग गर्ने भएको छ ।

अमेरिकाले नेपाल सरकार र नेपाली जनताले नेपालमा कोरोना भाईरस फैलन रोक्न गरेको विभिन्न प्रयासहरूमा सक्दो सहयोग गर्ने प्रतिवद्ध समेत व्यक्त गरेको छ ।

कुल रकम मध्ये झन्डै ११ लाख डलर कोभिड(१९) को रोकथामबारेमा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न प्रयोग हुने छ ।

बाँकी सात लाख डलरले विश्व स्वास्थ्य सङ्गठनमार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा प्रतिकार्य क्रियाकलापहरूलाई टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो रकम २०७६ फागुन २३ गते अमेरिकी सरकारद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) बाहेकको अतिरिक्त सहयोग भएकोे नेपालस्थित अमेरिकी दूताबासले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया