उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

  चैत ०६, २०७६

काठमाडौं, चैत ६ : रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजना गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम आज सम्पन्न भएको छ ।

गत फागुन १९ गतेदेखि सञ्चालित उक्त तालिममा राष्ट्रिय सुरक्षाका सबै आयाममा प्रशिक्षण दिइएको थियो । तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी तथा नेपाली सेनाका र सुरक्षा निकायका गरी २२ जना सहभागी हुनुहुन्थ्यो ।

तालिम समापन गर्दै स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले प्राप्त ज्ञान र सीपबाट राष्ट्रिय सुरक्षा नीति निर्माण तथा कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया