रोकिएन नेप्सको ओरालो यात्रा

  चैत ०६, २०७६

काठमाडौँ, चैत ५ : धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि रोकिएन् । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेमा १६.२६ अंकले गिरावट आएको छ । मंगलबार नेप्से ४४.३३ अंकले घटेको थियो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि २.८० अंकले घटेर २७१.७९ मा पुगेको छ । बुधबार कुल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर एक अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ मा खरिदबिक्री भयो ।

कारोवार भएका कुल १२ मध्ये एक उपसमूहको शेयरमात्र बढेको छ । व्यापार २४.३८ अंकले बढ्दा बैंकिङ १५.८२, होटल १९.१६, विकास बैंक ११.७१, जलविद्युत् ७.४६, वित्त ३.८४, निर्जीवन बीमा ११२.७४, उत्पादन २५.१९, अन्य ४.५४, माइक्रोफाइनान्स १८.२३ र जीवन बीमा १३७.०६ र सामूहिक लगानी कोषको शेयर ०.०३ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इस्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर नौ करोड ३१ लाख ७९ हजार ६९७ मा खरिदबिक्री भयो ।

एनआइसी एसिया बैंकका आठ करोड ३३ लाख ४५ हजार ६२, एनमएमबी बैंकको पाँच करोड ९० लाख ९६ हजार ३११, ग्लोबल आइएमई बैंकको चार करोड १४ लाख ९५ हजार २२७ र शिवम् सिमेन्टको शेयर तीन करोड १४ लाख ७७ हजार ६१३ मा खरिदबिक्री भयो ।

बुधबार सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९६ प्रतिशतले कमाए । यस्तै माउन्टेन हाइड्रो ७.७९, सबैको लघुवित्त वित्तीय संस्था ४.९३, नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक शेयर) ४.४८, नेपाल इन्स्योरेन्स ३.९२ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८० प्रतिशतले कमाए ।

कालिका पावर कम्पनीका शेयरधनीले सबैभन्दा बढी ९.२५ प्रतिशतले गुमाए । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६, एनएलजी इन्स्योरेन्स ५.९७, मल्टीप्रपोज फाइनान्स ४.९५, सिद्धार्थ इन्स्योरेन्स ४.५७ र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ४.२३ प्रतिशतले गुमाए ।

तपाईको प्रतिक्रिया