दक्षिण कोरियामा कोरोनाबाट नेपाली सुरक्षित

  चैत ०५, २०७६

सोल, चैत ५ : दक्षिण कोरियामा कोभिड– १९ बाट संक्रमित विदेशीको संख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्यांकानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) संक्रमित छन् । दोस्रामा अमेरिकी(सात) छन् ।

त्यस्तै भियतनामी, मंगोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना संक्रमित छन् । यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक संक्रमित रहेको तथ्यांक कोरियाली सरकारले सार्वजनिक गरेको छ ।

हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोभिड–१९ को संक्रमण नभएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताउनुभयो । कोरियामा कोभिड–१९ को संक्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने हालसम्म संक्रमित हुनेको संख्या आठ हजार १६२ पुगेको छ ।

तपाईको प्रतिक्रिया