कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १०० नाघ्यो

  चैत ०५, २०७६

न्यूयोर्क, चैत ५ : कोरोना भाइरसका कारण विश्व शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।

जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिंग केन्द्रअनुसार बिरामी हुनेको संख्या भने छ हजार नाघेको छ ।

अधिकारीका अनुसार पछिल्लो सात घण्टामा झण्डै एक हजार बिरामी बढेर कूल बिरामीको संख्या छ हजार २३२ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको कुन संख्या १०५ पुगेको अधिकारीले जानाकारी दिएका छन् ।

अष्ट्रेलियामा छैठौ व्यक्तिको मृत्यु भएको छ । स्वाथ्यकर्मीले बुधबार दिएको जानकारीअनुसार ८६ वर्षीय एक पुरुषको मृत्युभएको हो ।

उनको सिड्नी अस्पतालमा मंगलबार राति मृत्यु भएको अधिकारीले पुष्टि गरेका छन् । उनीहरुले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्ति गरेका छन् ।

अष्ट्रेलियामा अहिलेसम्म संक्रमितको संख्या ५०० नाघेको छ भने दैनिक सयाँैको सावस्थ्य परीक्षण भइरहेको छ ।

जापानमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ८६८ पुगेको छ । बुधबार विहानसम्मको विवरण अनुसार कूल ३६ जनाको मृत्यु भएको छ ।

भारतमा दिनप्रतिनिधि बिरामीको संख्या बढ्दै गएर बुधबारसम्म १४७ पुगेको छ । अघिल्लो दिनभन्दा बुधबार कूल संख्यामा दश जना थपिएका हुन् । भारतका हालसम्म कोरोना भाइरस संक्रमणका कारण तीन व्यक्तिको मृत्यु भएको छ ।

कूल संक्रमितमध्ये १२२ जना स्वदेशी र अन्य बिरामी विदेशी भएको भारतको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

भारतको विषेशगरी महाराष्ट्रमा सबैभन्दा धेरै बिरामी भेटिएका छन् भने केरला, उत्तर प्रदेश र कर्नाटकमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी रहेका छन् ।

इजरायलमा थप नब्बेजना संक्रमित थपिएका छन्, यो सँगै संक्रमितको संख्या ४२७ पुगेको अधिकारीले जनाएका छन् ।

कोरोना भाइरसका कारण भियतनाममा कूल ६८ जना बिरामी भएका छन् ।

तपाईको प्रतिक्रिया