कोरोना भाइरसका कारण ब्राजिलमा पनि पहिलो व्यक्तिको मृत्यु

  चैत ०४, २०७६

साओ पाउलो, ब्राजिल, चैत ४ : कोरोना भाइरसका कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मंगलबार बताएका छन् ।

ब्राजिलमा ६२ वर्षीय एक पुरूषको उपचारका क्रममा सोमबार मृत्यु भएको भए पनि उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि मंगलबारमात्र गरिएको छ । यससँगै कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने ब्राजिल दक्षिण अमेरिकी मुलुकमध्ये पहिलो मुलुक बनेको छ ।

साओ पाउलोका नगर प्रमुख ब्रुनो कोभासले स्थानीय डीबीएन रेडियोसँग भन्नुभयो, “दुर्भाग्यवस मृतक ती व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।” उहाँले ब्राजिलले संक्रमण फैलिन नदिन आवश्यक तयारी गरिसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया