सभामुख र उत्तर कोरियाली राजदूतबीच भेट

  चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यानले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत म्यानले सभामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गर्नुभयो ।

भेटमा सभामुख सापकोटाले उत्तर कोरियाले वार्ताका माध्यमबाट समस्या समाधानका लागि गरिरहेको पहलले विश्वभर सकारात्मक सन्देश गएको बताउनुुभएको सभामुखको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया