जानकी प्रदेश नामाकरण गर्ने नेकपाको प्रस्ताव अस्वीकृत

  चैत ०४, २०७६

काठमाडौ, चैत ४ : प्रदेश २ को नाम जानकी राख्न नेकपाले गरेको प्रस्ताव अस्वीकृत भएको छ । प्रदेश सभामा मंगलबार भएको मतदानमा जानकारीको पक्षमा ३७ मत परेको छ भने विपक्षमा ७० मत परेको छ । नेकपासँग प्रदेश नंम्बर २ मा ३२ सांसद भएपनि जानकारीको पक्षमा ३७ मत आएको हो भने विपक्षमा ७० मत आएको हो ।

नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा दुई तिहाइ मत नपुगेपछि अर्को नाममको प्रस्तावमा मतदान हुने भएको छ । प्रदेशको नामकरणका लागि दर्ता भएका प्रस्तावहरुमाथि क्रमै अनुरुप मतदान हुने कार्यक्रम रहेको छ ।

पहिलो नंम्बरमा नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशमा दुई तिहाइ मत नपुगेपछि दोस्रो नंम्बरमा कांग्रेसले कांग्रेसले मिथिला भोजपुरा प्रदेशको पक्षमा तथा तेस्रो नम्बरमा कांग्रेसका राजेश्वरप्रसाद साहले मध्य प्रदेश र चौथो नम्बरमा सत्तासीन दल समाजवादी पार्टी र राजपाको मधेश प्रदेश प्रस्ताव दर्ता अनुसार मतदान हुनेछ । प्रदेश नंम्बर २ मा १०७ जना प्रदेश सांसद हुनुहुन्छ । बहुमत पु¥याउन ७२ मत चाहिन्छ ।

तपाईको प्रतिक्रिया