एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ

  चैत ०३, २०७६

काठमाडौं, चैत २ : काठमाडौंको कपनबाट आज प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कोरोना भाइरस (कोभिड ¬१९) को संक्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुले सञ्चालन गरेको अर्काे सतुंगलको गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले आज सिल गरेर राखिएको र सोमबार पुनः कारवाही चलाइने छ र यसअघि शनिबार प्रहरीले काठमाडौंको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौंमा खोजी अभियान जारी राखेको छ ।

तपाईको प्रतिक्रिया